२०८२ जेष्ठ ३० गते शुक्रवार

सुनको मूल्य घट्यो

काठमाडौँ,चैत २४ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ शुक्रबार तोलामा २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार २०० रुपैयाँ कायम थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो। यता, शुक्रबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ४० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ निर्धारण भएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *