२०८३ बैशाख ४ गते शुक्रवार

सुनको मूल्य तोलामा २०० रुपैयाँले घट्यो

काठमाडौँ,चैत १३ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो।

तोलामा २०० रुपैयाँले घटेपछि सोमबार छापाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार भने चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *