२०८१ बैशाख १० गते सोमवार

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

काठमाण्डाै ,फागुन १४ । सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *