२०८१ साउन ५ गते शनिवार

शेयर बजार आज पनि घट्यो,१९ सय १२ विन्दुमा झर्‍यो

काठमाडौं,भदौ २७ । शेयर बजार आज सोमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटेको दिन दुई सय २२ वटा कम्पनीको २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै बढेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *