२०८२ असार ७ गते आइतवार

शेयर बजार सामान्य बढ्यो,१ अर्ब २६ करोड रुपैयाँको कारोबार

काठमाडौं, भदौ १४ । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।

आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय (३ दशमलव )२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *