काठमाण्डौ,साउन २५ । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ ।
हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार