२०७८ असार ४ गते शुक्रवार

२० युनिटसम्म बिद्युत र २० हजार लिटरसम्म पानी उपयोगको महशुल बुझाउन नपर्ने

दाङ, जेठ १५ । सरकारले २० युनितसम्मको बिद्युत खपत र न्युनतम २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ। खानेपानीमा यो नियम खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने उपभोक्ताका लागि हुने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निषेधाज्ञा अबधिभर घरमा प्रयोग हुने विद्युत महसुल छुट दिने घोषणा गरेका छन् । त्यस्तै सरकारले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युत महसुल बुझाउनु पर्ने छैन ।

अर्थमन्त्री पौडेलका अनुसार एक सय युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *