काठमाण्डौ,चैत २९ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । ्
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार