काठमाण्डौ,चैत ८ । हप्ताको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।
अस्ति तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार