Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


घोराहीमा थ्रिडि वाल शाखाको उद्घाटन


दाङ, असोज ४। दाङको घोराहीमा इन्टेरीयर डेकोरेसन थ्रि डि वालको उद्घाटन गरीएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ जि.प्र.का रोडमा अफिस, शो रुम, होटेल तथा अन्य कोठाहरुको सजावट तथा सौन्दर्यको सेवा दिनेगरी थ्रिडि वाल पसलको उद्घाटन गरीएको संचालक तेज वलीले जानकारी दिए ।

बिगत लामो समय देखि तुलसीपुरबाट सेवा दिइरहेको  थ्रीडी वालले आफ्नो शाखा घोराहीमा बिस्तार गरेको हो । बदलिदो परिबेश र समयको माग अनुसार  ईन्टरियर डिजाइन, वालपेपर, क्यानभास, स्टिकर,वालमुरल्स सहितले आफ्नो सेवा दिइरहेको र दशैँ तिहारलाइ मध्यनजर राख्दै बिशेष छुट समेत रहेको संचालक तेज वलीले जानकारी दिए  ।

प्राद्यापक संघका केन्द्रिय सदस्य प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा पसलको उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथीले थ्रि डि वालको अबधारणा जिल्लाको लागी बिल्कुलै नौलो र किफायति रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथी केशप नेपाली, रमेश कुमार पाण्डे, केशव परियार लगाएतले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रम तेज वलीको अध्यक्षता भएको थियो । कार्यक्रमको सहजिकरण बिष्णुकुमार देवकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal