Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


जडिबुटी व्यापार क्वीन्टलमा बाहिरिन्छ, ग्राममा भित्रिन्छ



लिलाधर वली,
दाङ, ९ भदौ । प्राचिन आयुर्वेदका अस्पताल, आयुर्वेद तहमा स्तानकको पढाई हुंदा पनि जिल्लामा जडिबुटीको महत्वलाई कुनैै तहका सरकारले महत्व दिएका छैनन् । त्यसकै कारण दाङ जिल्लाबाट बहुमुल्य जडिबुटी क्वीण्टलका रुपमा बाहिरिने गरेको छ भने त्यसैबाट प्रशोधित औषधिहरु भने ग्रामको भाउमा भित्रने गरेको छ । तर सरकारले नेपालका जडिबुटी संकलन हुने सम्भावित जिल्लामा जडिबुटी प्रशोधन तथा उत्पादनमा समेत ध्यान दिएको छैन ।

नेपालमा हजार भन्दा बढि प्रजातिका औषधिजन्य जडिबुटीहरु रहेको अनुमान गरिएको छ । तर ती सवै जडिबुटीलाई प्रशोधन गरी औषधि उत्पादन गर्न सकिएको छैन । यसले नेपालीहरुलाई महंगो मुल्यमा जडिबुटीजन्य आयुर्वेदिक औषधिहरु भारतीय मुलुकबाट खरीद गर्नुपर्ने बाध्यता देखिएको छ ।
आयुर्वेद तहमा स्नातक विएएमएस कक्षा समेत सन्चालन गरेको नेपाल संस्कृत विश्वविद्यालयले जडिबुटी उत्पादन र प्रशोधन केन्द्र खोल्ने विषयमा अझैसम्म पनि आफ्नो प्रस्तावना अघि बढाएको छैन । जडिबुटी उद्यान्नलाइ कहिले अष्ट्रिच फार्म र कहिले भैसी फार्मका नाममा लिजमा दिंदै आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जडिबुटि खेतीलाई स्थानीय स्तरमै महत्व दिने बताउंदै नेपाल संस्कृत विश्वविद्यालयसंग सहकार्य भैरहेको बताएपनि यो विषय फेरी राजनितिक भुमरीमा अल्झिइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको छिल्लीकोटमा सुगन्धकोकिला लगायत हर्रो, वर्रो, अमला, टिमुर, सोमे लगायतका महत्वपुर्ण जडिबुटि प्रचुर मात्रामा उत्पादन भैरहेपनि राज्यले त्यसलाइ प्रशोधनको रणनीति ल्याएको छैन । जसका कारण सस्तो मुल्यमा भारतीय जडिबुटी संकलक गर्ने व्यक्तिले अत्यन्तै सस्तो मुल्यमा जडिबुटी संकलन गर्दै आएका छन् । त्यसमा पनि सामुदायिक वन र निजि बनबाट संकलन गरीने जडिबुटीको मुल्यमा भेदभाव संगै करका विषयमा पनि अन्योलको अवस्था रहेको छ ।

जिल्लामा जडिबुटि प्रशोधन केन्द्र नहुंदा सामुदायिक र निजी बनवाट कम्तिमा बार्षिक तीन हजार क्वीन्टल जटिबटी बाहिर गएको छ्, दाङवाट बितेको एक बर्षको अवधिमा करिव तीन हजार क्यीन्टल बढि विभिन्न प्रजातिका जडिबुटीहरु जिल्ला बाहिर निकासी भएको छन । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक बर्ष २०७५–०७६ मा तीन हजार ६९ क्वीण्टल विभिन्न प्रजातिका जडिबुटी जिल्ला बाहिर निकासी भएको छ ।
डिभिजन वन कार्यालय घोराहीका अनुसार एक बर्षको अवधिमा राष्ट्रिय वनबाट ६६ हजार एक सय ८५ दशमलव ५० किलोग्राम र निजी वन क्षेत्रबाट दुई लाख ४० हजार आठ सय ११ किलोग्राम जडिबुटी जिल्ला बाहिर निकासी भएको छ । जसमा सवैभन्दा धेरै टिमुर बाहिरिएको छ । निजी वन क्षेत्रवाट ७६ हजार ६ सय किलोग्राम र राष्ट्रिय वनबाट १५ हजार किलो गरि जम्मा ९१ हजार ६ सय किलोग्राम टिमुर जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका माधव तिमिल्सेनाले जानकारी दिए ।

त्यस्तै मालागेडी निजी वनबाट ५३ हजार ६ सय ६० किलो र राष्ट्रिय वनबाट १० हजार किलो गरि ६३ हजार ६ सय ६० किलो, रिठा निजी वनबाट ५८ सय ० किलो र राष्ट्रिय वनबाट ५ सय किलो गरि ५ हजार ५ सय ८० किलो, काउलो बोक्रा निजी वनबाट २१ ह्जार ४ सय ९१ किलो र राष्ट्रिय वनबाट एक हजार तीन सय किलो गरि २२ हजार सात सय ९१ किलो जिल्ला बाहिर गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
तेजपात निजी वनवाट १६ हजार एक सय किलो र राष्ट्रिय वनबाट ३ हजार चार सय किलो गरि १९ हजार पाँच सय किलो, दालचिनीको बोक्राक निजीबाट ८ हजार किलो र राष्ट्रिय वनबाट ५ सय किलो गरि ८ हजार ५ सय किलो, लहरे गुर्जो निजीबाट २ हजार दुई सय किलो र राष्ट्रिय वनबाट ३ हजार ५ सय किलो गरि ५ हजार ७ सय किलो, अमला निजीबाट १ हजार ६ सय किलो र राष्ट्रिय वनबाट २ हजार किलो गरि ३ हजार ६ सय किलो र कालीकाठ निजी वनबाट ३ हजार ८० किलो निकासी भएको छ ।

त्यस्तै राष्ट्रिय वनबाट बर्रोको फल २ हजार किलो, दुधेलहरा २ हजार पाँच सय किलो,भृंगीराज एक हजार ६ सय किलो, बेलचनाको फल एक हजार किलो, तेन्दुपात दश हजार किलो,ब्राह्मी एक हजार सात सय किलो, लेवनग्रास पाँच सय किलो, चुत्रो ६ सय ८५ किलो, टटेको बोक्राक एक हजार पाँच सय किलो,पुदिना पाँच सय किलो, कालादाना पाँच सय किलो र हर्राेको फल तीन हजार किलो गतआर्थिक बर्षमा जिल्ला बाहिर निकासी भएको तिमिल्सेनाले जानकारी दिएका छन ।

जसबाट दुई लाख १२ हजार रुपैया संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । सरकारले राष्ट्रिय वनबाट संकलित जडिबुटिको राजश्व लिने गरेको छ भने निजी क्षेत्रवाट गरिएको जडिबुटिको कर लिने गरेको छैन । अघिल्लो आर्थिक बर्ष २०७४–०७५ को तुलनामा यो बर्ष दोब्बर जुडिबुटी जिल्ला बाहिर निकासी भएको छ । आर्थिक बर्ष २०७४–०७५मा राष्ट्रिय वनबाट १७ हजार चार सय ५४ केजी जडिबुटी जिल्ला बाहिर गएको थियो । जसबाट एक लाख २८ हजार २८ रुपैयाँ राजश्व संकलन भएको थियो । यसरी जिल्लाबाहिर नेपालगंज, बुटवल, भैरहवा, काठमाडौलगायतका क्षेत्रमा बहुमुलय जडिबुटी जाने गरेको छ । दाङको बंगलाचुली गाउँपालिकालाई जटिबुटीको विशेष क्षेत्रका रुपमा हेरिने गरिन्छ भने घोराही,तुलसीपुर उपमहानगरपालिकालगायतका पहाडी क्षेत्रमा समेत जडिबुटी उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal