२०८३ जेष्ठ २६ गते मङ्गलवार

यस्तो छ, कपुरकोटमा आज तरकरीको भाउ


सल्यान, साउन ३१ । तरकारी बजार कृषि उपज बजार केन्द्र कपुरकोटमा शुक्रबार टमाटर प्रतिकिलो ५० देखि ६५ रुपैयाामा विक्रि भएको छ । बन्दा गोभी ३५ देखि ३८, फूल गोभी ३० देखि ३५ र घिउ सिमि २० देखि ३० रुपैंया प्रतिकिलोमा विक्रि गरेको कृषि उपज बजार केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै काँक्रो २० देखि २५, हरियो खुर्सानी ३० देखि ४० र डल्लो खुर्सानी ९० देखि १०० रुपैंया प्रतिकिलोमा विक्रि भएको छ । मुला प्रतिकिलो २५ देखि ३० रुपैंया, भान्टा २० देखि ३५, साग २० देखि २५ र अदुवा १३० देखि १४० मा कारोवार भएको छ । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *