२०८३ बैशाख ११ गते शुक्रवार

प्रतितोला सुनको मुल्य ७० हजार पुग्यो


दाङ, साउन २३ । प्रतितोला सुनको मूल्य विहीवार ७० हजार रुपैंया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले त्यस्तो जानकारी दिएको हो । छापावाला सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो । छालावाला सुन गत मंगलबार एकै दिन १ हजार ५ सयले बढेको थियो । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजारमा कारोवार भइरहेको छ ।

गत शुक्रवारदेखि निरन्तर बढ्दै ५ दिनको अन्तरालमा ७० हजार पुगेको छ । चाड पर्व नजिक आउँदै गर्दा निरन्तर सुनको मुल्य बढ्न थालेपछि कतिपय व्यापारीले सुन लुकाउँदै अभाव सृजना गर्न थालेका छन् । सर्वसाधारण नागरिकले सुनका गरगहाना किन्न नसक्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् भने व्यापारीले पनि व्यापार खस्केको बताएका छन् ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *