
दाङ, असार ११ ।
बिहीबार नेपाली बजारमा सुनको भाउ पाँच हजार दुई सय रुपैंयाँले घटेको छ । बुधबार पनि सुन तोलामा तीन हजार ६ सय रूपैयाँ घटेको थियो ।
बिहीबार बजारमा सुन प्रतितोला दुई लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा साढे दुई सय रुपैयाँले घटेको छ। चाँदी तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भइ रहेको छ । चाँदी बुधबार प्रतितोला चार हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
