
तुलसीपुर, जेठ १५ ।
शान्तिनगर गाउँपालिकाकी पूर्व उपाध्यक्ष मिथिला शाहको निधन प्रति शुक्रबारको कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा बसेको बैठकले शाहको निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको हो ।
शान्तिनगर –५ की शाहको ६६ बर्षको उमेरमा बिहीबार निधन भएको थियो । शाह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन ।
निर्वाचन पछि २०७४ /०३/२१ गते गाउँपालिका उपाध्यक्षको कार्यभार सम्हालेकी शाहले २०७९/०२/०५ गतेसम्म आफ्नो ५ बर्षीय कार्यकाल सफलता पूर्वक पुरा गरेकी थिइन ।
प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
