दाङ, जेठ ११ ।
सवारी ज्यान मुद्दामा झन्डै २ बर्ष कैद तोकिएका रोल्पाका एक युवा पक्राउ परेका छन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका – ५ सिम्लाका ३२ बर्षीय लालबहादुर केसी पक्राउ परेका हुन । सवारी ज्यान सम्बन्धी मुद्दामा धादिङ जिल्ला अदालतले २०७७/०९/२८ गते केसीलाई १ बर्ष ११ महिना ४ दिन कैद सजायको फैसला तोकेको थियो ।
त्यसयता उनी फरारको सूचिमा थिए । खोज तलास गर्ने क्रममा काठमाडौंमा लुकीछीपी बसेको भन्ने गोप्य सुचनाको आधारमा केसीलाई काठमाडांैको नयाँ बसपार्कबाट आइतबार नियन्त्रणमा लिइएको थियो ।
काठमाडौंबाट केसीलाई रोल्पा ल्याएर तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ ११ गते सोमवार
