
दाङ , बैशाख २६ ।
रोल्पाकी एक महिला माथि सामुहिक बलात्कार गरेको आरोपमा तीन मजदुर पक्राउ परेका छन् ।
बैशाख २२ गते बेलुका साढे ६ बजेतिर जिल्लाको सुनिलस्मृति गाउँपालिका – २ की ४० बर्षीया एक महिला आफन्तीको घर माडी गाउँपालिका – १ च्यानडाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ तर्फ जाँदै गर्दा तीन जना मिलेर सामुहिक रुपमा बलात्कार गरेको आरोपमा तीन जना मजदुरलाई पक्राउ गरिएको हो ।
पीडित ५३ घर्तीगाउँ ६ (त) ले बैशाख २४ गते आँफुमाथि भएको अत्याचार बारे जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रुपमा केटानी जाहेरी दिएकी थिइन । सोही दिन प्रहरी निरीक्षक गोपालप्रशाद श्रेष्ठको नेतृत्वमा खटिएका ५ जनाको टोलीले सडक निर्माणमा खटिएका उनीहरु तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
सामुहिक बलात्कार आरोपमा सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी, कैलालीको लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली, सोही ठाउँका २० वर्षीय सुनिल वादी रहेको रोल्पाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका तीनै जना रोल्पाको माडी गाउँपालिका – ६ लाप्चुङस्थित निर्माणाधीन मदन भण्डारी सड्क खण्डको कलर्भट मर्मतको काममा खटिदै आएका मजदुरहरु हुन ।
उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय घर्ती गाउँको हिरासतमा राखेर थप अनुसन्धान भइ रहेको छ ।