२०८३ बैशाख १८ गते शुक्रवार

रोल्पा जीप दुर्घटना – ४ बालबालिका, ४ पुरुष र १२ महिला गरि २० जनाको मृत्यु

दाङ, बैशाख १८ ।

रोल्पामा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या २० पुगेको छ । चार बालबालिका, चार पुरुष र १२ महिला गरि २० जनाको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रवीर बिश्वकर्माले जानकारी दिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार र रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ का ३२ बर्षीय समिर कामी दुर्घटनामा ज्यान जोगाउन सफल एक्ला ब्यक्ति हुन । उनको बाँया खुट्टा, निधार र बाँया आँखामा चोट रहेको छ । उनको आधारभुत जलजला अस्पताल थवाङ रोल्पामा उपचार पछि रुकुम पूर्व अस्पतालमा उपचार भइ समिर राति ११ बजे डिस्चार्ज भएका थिए । समिरका अनुसार जीप भिरबाट खस्दा उनी छतमा बसेका थिए । अर्का एक जना पनि उनी संगै छतमा बसेर यात्रा गरि रहेका थिए । जीप संगै खसेपनि आँफुले रुखको जरा समातेर ज्यान जोगाउन सफल भएको उनले बताएका छन् । आँफु संगै छतबाट खसेका ब्यक्तिलाई भने माथिबाट झरेको गाडीले लागेर खसालेको उनले बताएका छन् । समिरले दुर्घटनामा आफ्नी आमा र भिनाजुलाई पनि गुमाएको बताएका छन् ।
दुर्घटनामा परेको लु १ ज ४१६७ नं।को जिप सिस्ने गाउँपालिका – ५ टाकुराका ४२ बर्षीय बेदबहादुर बिकले चलाएका थिए । उनकोपनि मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका – ८ का केही मानिसहरुपनि उक्त दुर्घटनामा परेको आशंका गरिएको छ ।
जिप दिउँसो करिब पौने ३ बजेतिर थवाङ गाउँपालिका – १ सल्यापबाट जीप झन्डै ८०० सय मिटर मुनी खसेको थियो । घटनास्थल जटिल भूगोल हु्नुका साथै पानी परि रहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रविर विश्वकर्माले बताए ।
दुर्घटनामा ज्यान गुमाउनेहरु बैशाख पूर्णिमाका दिन रोल्पाको जलजलामा लाग्ने ठूलो मेलाका लागि त्यता जाँदै थिए ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *