२०८३ बैशाख १५ गते मङ्गलवार

स्मित प्रधान हत्या घटनामा ३ जना पूर्पक्षका लागि कारागार चलान

तुलसीपुर, बैशाख १५ ।
दाङको राप्ती गाउँपालिका – २ बराखुट्टीका १६ बर्षीय स्मित प्रधानको हत्या घटनामा तीन जना पूर्पक्षाका लागि थुनामा पठाइएका छन् । नाबालिक भालुवाङ – ५६लाई भने पूर्पक्षका लागि सुधार गृहमा पठाउन आदेश भएको छ ।
प्रधानको चैत १९ गते राति राप्ती गाउँपालिका –४ स्थित गोपीनाला नजिकै प्रधानको भएको थियो ।

प्रधान संगै गएका उनका साथी १६ बर्षीय आयुष्मान थापा घाइते अवस्थामामा फेला परेका थिए ।
प्रधानको हत्यामा संलग्न भनिएका मध्य बैशाख १४ गते जिल्ला अदालतले तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाएको हो । जस्मा बंगलाचुली गाउँपालिकाका २० बर्षीय सन्दिप वली, राप्ती गाउँपालिकाका १८ बर्षीय निश्चल चौधरी र सोही ठाउँकै १८ बर्षकै टोपबहादुर घर्ती मगर छन् ।
प्रधान भेट्न बोलाउने प्रेमिका भनिएकी किशोरी भालुवाङ ५६ लाई भने नाबालिक रहेको हुँदा बाल सुधारगृह भक्तपुर पठाउन जादेश भएको छ ।
प्रहरीका अनुसार आयुषमानलाई ‘देबीसरा गाहा र स्वस्तिका राना मगर’ नाम उल्लेखित फेसबुक मेसेन्जरबाट जन्म दिन मनाउन भनेर थापा र प्रधानलाई बोलाइएको थियो।
त्यसैले दुबै जना थापा र प्रधान बेलुकी ८ बजेतिर घरबाट राप्ती गाउँपालिका– ४ तर्फ गएका थिए ।

त्यहाँ पुग्दा उनीहरु माथि पूर्व योजना अनुसार एकाएक आक्रमण भएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *