बुटवल , बैशाख १० ।
प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राखेर आगामी बजेट बिनियोजन गर्ने लुम्बिनी प्रदेश सरकारले तयारी गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार त्यसबारे जानकारी दिएका हुन ।
अधुरा आयोजना सम्पन्न प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने उनले स्पष्ट पारे ।
‘आगामी बर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौं । आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ,’ उनले भने ‘ पहिलो प्राथमिकता प्रदेश गौरव र बहुबर्षिय आयोजनालाई राख्नेछौं । दोस्रो प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने हुनेछ । त्ययपछी मात्रै नयाँ आयोजना समावेश हुनेछन् ।’
प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने आचार्यले बताए ।
हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पुर्याउने प्रक्षेपण गरिएको उनले बताए ।
मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने भन्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताए ।
