दाङ, बैशाख ८ ।
कञ्चनपुरमा १८ बर्षीय एक किशोरको चक्कु प्रहार गरि हत्या भएको छ ।
जिल्लाको पुर्नवास नगरपालिका–५, भानुबस्तिका १८ बर्षीय उज्जल सायरको चक्कु प्रहार हत्या भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीले बताए ।
मंगलबार बिहान साढे १ बजेतिर बिहे घरबाट घर तर्फ फर्किने क्रममा बाटोमा अपरिचित ब्यक्तिले उनीमाथि धारिलो हतियार चक्कु प्रहार गरि सक्त घाइते तुल्याएका थिए ।
छातिमा चक्कु प्रहार बाट गम्भीर घाइते सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्याइएको थियो । उनको मंगलबार बिहान (राति) साढे २ बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चक्कु प्रहार गर्ने ब्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार