२०८३ बैशाख ७ गते सोमवार

कर्णाली नदीमा बेपत्ता बाबु – छोराको शब फेला

दाङ, वैशाख ७ ।
कर्णाली नदीमा बेपत्ता दुबै बाबु छोराको शब फेला परेको छ ।
गत बिहीबार बेलुकी अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डँुगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बेपत्ता थिए । अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालले छोराको शब घटनास्थलदेखि एक किलोमिटर दक्षिणमा शनिबार र बाबुको शब पाँच सय मिटर दक्षिणमा आइतबार गोताखोरको टोलीले पानी मुनीबाट निकालेको थिए ।
तीन बाबु छोरा कर्णालीपारी सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित जंगलबाट बस्तु चौपायाका लागि घाँस काटेर घर तर्फ फर्किने क्रममा उनीहरु सवार डुँगा पल्टिएको थियो । एक जना ९ बर्षका बालकले भने पौडीएर ज्यान जोगाएका थिए । आँफैले निर्माण गरेको सानो काठको र जिर्ण डुंगाबाट पार गर्दै गर्दा डुँगा पल्टिएको थियो ।
दुर्घटना हुँदा बुवाले डुँगा चलाइ रहेका थिए ।
सानो र जिर्ण डुँगामा ओभर लोडका कारण सन्तुलन खलबलिन गइ ढुँगा पल्टिन पुगेको अनुमान गरिएको डिएसपी खनालले बताए ।
डुँगामा तीन बाबु छोरा र घाँसको भारी राखिएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *