दाङ, बैशाख ७ ।
कपिलबस्तुमा चाइएनिज पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको बुद्धभूमी नगरपालिका – ९ इमिलियाका ३४ बर्षीयसुरज कँवर पक्राउ गरेको हो ।
बैशाख ५ गते बेलुकी बुद्धभूमी– ९ डुमरा स्थित उनको घरको कोठामा खानतलासी गर्दा दराजमा लुकाएर राखेको मेडइन चाइना लेखिएको पेस्तोल बरामद भएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कँवुले पेस्तोल साथमा राखेको तथा अबैध रुपमा लागु औषधको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रण्मा लिएको थियो ।
जिल्ला अदालतले कँवुरलाई पाँच दिन थुनामा राखेर अनुुसन्धान गर्न आइतबार अनुमति प्रदान गरेको प्रहरील्े जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार