२०८२ चैत्र २६ गते बिहिवार

केपी शर्मा ओली र रमेश लेखकलाई आज छुट्दै

दाङ, चैत २६ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई हाजिर जमानीमा बिहीबार छुट्ने भएका छन् ।

चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो। ओली र लेखकले सर्वाैच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। जुन रिट सर्वौच्चले खारेज गरेको थियो।
तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न आदेश गरेको थियो । सोही अदालतको आदेश अनुसार दुवै जना छुट्ने भएका हुन ।
सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुलाई छोड्न सहमति प्रदान गरि सकेको छ ।
प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट ओली र लेखकलाई पक्राउ गरेको थियो।
दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रियाका लागि पक्राउ गरिएका थिए । त्यसअसम्बन्धि अनुसन्धान नसकिएको भएपनि हाललाई दुबैजनालाई हाजिर जमानीमा छोड्न थालिएएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *