तुलसीपुर, चैत २५ ।
तुलसीपुर उद्योग वाणिज्य संघले यहाँको एउटा मिठाइ पसल बारे प्रकासित समाचार बारे ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष विनिल केसी र महासचिव केशवराज केसीले बुधबार बिज्ञप्ति मार्फत ‘सजना मिष्ठान भण्डार’ बारे प्रकासित समाचारले भ्रम सृजना गरेको भन्दै दोषी उपर कारबाहीको माग गरेका छन् ।
मंगलबार मात्रै ‘तुलसीपुर खवर डटकम’ मा ‘ सजना होटेलको गम्भीर लापरबाही’ शिर्षकमा भिडियो सामाग्रीसहितको रिपोर्ट प्रकासित भएको थियो ।
जुन रिपोर्ट चेतन वली र माधव दाहालले तयार पारेका थिए । जसबारे तीब्र रुपमा प्रतिक्रियाहरु आइ रहेका छन् । अधिकाँस प्रतिक्रिया तुलसीपुरकै एक चिरपरिचित र एउटा लोकप्रिय खाजा घरको बर्खिलापमा आएको भन्दै आलोचना भइ रहेको छ ।
प्रकासित समाचारलाई लिएर तुलसीपुरका उद्योगी ब्यबसायीका साथै आम उपभोक्ताले पनि चर्कौ आलोचना गरेका छन् ।
तुलसीपुरमा बिगत तीन दशकदेखि संचालन हुँदै आएको ‘सजना मिष्ठान भण्डार’ उपभोक्ताको मन जित्दै आएको एक लोकप्रिय खाजा घर हो ।
वाणिज्य संघले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निजी क्षेत्रले संधै सम्मान गर्ने प्रतिबद्धतापनि जाहेर गरेको छ ।