दाङ, चैत २५ ।
प्यूठानमा तीन दिन अघि बगेर बेपत्ता भएका एक युवकको शब बुधबार बिहान फेला परेको छ ।
स्वर्गद्वारी नगरपालिका – ६ भानडाँडाका १९ वर्षीय नबराज घर्तीको शब बुधबार बिहान ८ बजेतिर फेला परेको हो ।
प्यूठानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार तीन दिन पहिले उनी माण्डवी गाउँपालिका – १ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । बेपत्ता घर्तीको खोजी हुँदै आएको थियो ।
प्रहरीका अनुसार मृतक घर्ती ट्रयाक्टरका सहचाकल हुन ।
प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार