दाङ, चैत २५ ।
बुधबार बिहानैदेखि दाङको तुलसीपुर लगाएतका आसपासका क्षेत्रमा हल्का बर्षा जारी छ ।
मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागको मौसममा परिवर्तन आएको हो । जस्का कारण देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली , लुम्बनी र गण्डकी प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ ।
बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी लगाएतका प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना औंल्याइएको छ ।
साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।