दाङ, चैत २२ । रोल्पामा भएको सवारी दुर्घटनामा परि एक युवक घाइते भएका छन् ।
दुर्घटनामा परि मोटरसाइकल चालक रोल्पाको लुङ्ग्री गाउँपालिका – २ शेर्पाका १८ बर्षीय गणेश जिसी घाइते भएका छन् । उनको उपचार जारी छ ।
जिल्लाको सुनिलस्मृति गाउँपालिका –४ स्थित सुलीचौर – रुइनिवाङ पक्की सडक खण्डमा सुलिचौर बाट रुइनिबाङ तर्फ जाँदै गरेको रा १ ख १९०५ नम्बरको बाटोको साइडमा रोकेर राखेको टिप्परमा बा २१ प ६८७७ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किदा उक्त दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार टिप्पर चालक प्युठानको प्युठान नगरपालिका –३ विजयनगरका ४३ बर्षीय विरबहादुर कुमाल प्रहरी नियन्त्रणमा छन् ।
दुर्घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार