ब्यबसायी भन्छन् – ‘यो त राज्य आतंक जस्तै भयो’

तुलसीपुर, चैत २२ ।
मालपोत कार्यालय तुलसीपुर दश जना र लमही मालपोत तथा नापी कार्यालय बाट ६ जना गरि आइतबार प्रहरीले १६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
तुलसीपुरबाट नियन्त्रणमा लिइएका मध्य दुई जना सेवाग्राही हुन । आठ जना भने लेखापढी ब्यबसायी हुन ।
मालपोत कार्यालय तुलसीपुरमा जग्गा किनबेचका लागि पुगेका सेवाग्राहीहरु पदम बस्नेत र संगीता नेपालीलाई पनि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको छ । नेपाली जग्गा बेच्न भनेर र बस्नेत जग्गा किन्न गएका ब्यक्तिहरु हुन ।
मालपोत कार्यालय तुलसीपुरबाट लेखापढीका लागि प्रमाण पत्र प्राप्त गरेका प्रमोद अधिकारी, दण्डीराम बस्नेत, प्रदीपकुमार रेग्मी, शेबकराम आचार्य, भिमकान्त लामिछाने, रामबहादुर चौधरी र अरुण चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ । लेखापढी ब्यबसायी संघका अनुसार उनीहरु सबै संग त्यो पेशा गर्न पाउने प्रमाण छ ।
त्यस्तै आइतबार नै प्रहरीले मालपोत तथा नापी कार्यालय बाट बिचौलीको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार मालपोत कार्यालय लमहीबाट पाँच जना र नापी कार्यालय लमहीबाट एक जना गरी ६ जना लेखापढी ब्यबसायीलार्य बिचौलीयाको आरोपमा नियन्त्रणमा लिइएको छ ।
इप्रका तुलसीपुरले भने पक्राउ परेका ब्यक्तिबारे आधिकारिक रुपमा जानकारी दिएको छैन ।
तर, जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले भने माथिको आदेश अनुरुप बिचौलियाको भूमिका खेलेको आशंकामा सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिनु परेको बताए ।
प्रहरीलाई केन्द्र बाट त्यसबारे परिपत्र आएको र सोही अनुरुप बिचौलीका आशंकामा बिभन्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइ रहेको उनले बताए ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार मलपोत कार्यालय घोराहीबाट शुक्रबार दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई सोधपुछ पछि प्रमाणका आधारमा छोडिएको उनले बताए । लेखापढी ब्यबसायीले हरेक बर्ष मालपोत कार्यालय बाट त्यो पेशाका लागि लाइसेन्स (प्रमाण) प्रदान गरिदै आएको छ । उनीहरु बाहेक अन्यले त्यो काम गर्न पाइदैन । त्यस्तै ब्यक्तिहरुले बिचौलियाको भूमिका निर्वाह गर्ने आशंकामा राज्यले केन्द्रबाटै बिचौलिया खोज्ने अभियान संचालन गरेको हो ।
त्यसैलेका शिलशिला अनुरुप दाङका तुलसीपुर, घोराही र लमहीका मालपोत कार्यालयबाट बिभिन्न ब्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरु संग अहिले सोधपुछ चलिरहेको छ । पक्राउ परेकाहरु संग लाइसेन्स माग गरिएको छ । तुलसीपुरमा प्रहरी नियन्त्रणमा रहेका मध्य एक जनाले आँफुहरु सबै संग लेखापढी संघको लाइसेन्स (प्रमाण्) उपलब्ध रहेको दाबी गरे ।
आँफुहरुलाई अनावश्यक दुःख दिइएको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका एक जनाले फरककोण संगको फोन सम्बादमा आँफु सौचालयमा गएको समयमा अनावश्यक रुपमा नियन्त्रणमा लिइएको बताए ।
‘सौचालय नै मालपोत कार्यालयको गेट भित्र छ । सौचालयबाट बाहिर निस्कदै गर्दा मलाई एकाएक नियन्त्रणमा लिएर इप्रका ल्याउनु कति न्यायोचित हो,’ उनले भने ‘ यो त लोकतान्त्रिक राज्य ब्यबस्था भएको मुलकका लागि एक प्रकारले उपहास नै हो ।’
परिचय पत्र भिरेकै अवस्थामा आँफुहरु बलजफती उठाएर ल्याइएको उनले बताए ।
‘प्रमाण छँदा छँदै हुँदै सोधपुछ नै नगरी बलजफती उठाएर इप्रका ल्याइयो,’ उनले भने ‘ यो एक प्रकारको राज्य आतंक हो ।’
सेवा ग्राहीलाई सिकाउन गएका लेखा ब्यबसायीलाई हचुवाको भरमा नियन्त्रणमा लिने कार्य भएको भन्दै उनले त्यसको बिरोध गरे ।