दाङ, चैत १८। सुर्खेतकी १६ बर्षीया बालिका इनिशा बिकमाथि भएको बलात्कार र हत्या घटनामा अभियुक्त चारै जनालाई बालसुधार गृहमा पठाउन जिल्ला अदालत सुर्खेतले आदेश दिएको छ ।
न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार बेलुकी थुनछेक बहस सकिएपछि उनीहरुलाई मुद्दाको अन्तिम किनारा नलागे सम्मका लागि पुर्पक्षका लागि बाल सुधार गृह बाँकेमा पठाउन आदेश भएको हो ।
जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वल रावतका अनुसार जिल्ला अदालतको बाल इजलासले घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा मुद्दा किनारा नलाग्दासम्म बाल सुधार गृहमा राख्न आदेश भएको हो ।
इनिशा बिक माथिको बलात्कार र हत्या घटनामा चारै जना अभियुक्त नाबालक भएको हुँदा मुद्दाको अन्तिम फैसला नहुँदासम्म उनीहरुलाई बाल सुधार गृह बाँकेको खजुरामा पठाउन आदेश भएको हो ।
घटनामा संलग्न मध्य मुख्य अभियुक्त ठानिएका ‘वीरेन्द्रनगर फ’, एसइई परीक्षाका सामेल हुने अवस्था रहेका कारण परीक्षाको ब्यबस्थापन गर्न आदेश भएको छ । वीरेन्द्रनगर फ’, चैत १९ गतेदेखि हुन गइ रहेको इसइई परीक्षाका बिद्यार्थी भएको हुँदा उनको हकमा परीक्षा गर्ने ब्यबस्थापन गर्न आदेश भएको छ ।
साथै पीडितका अभिभावक लगाएत अरु साक्षीको हकमा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सुरक्षाको उचित प्रबन्ध गर्न आदेशपनि भएको छ ।
ट्युसन पढ्न बिहानै निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिका–१ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
पोष्टमर्टम रिपोर्टले बलात्कारपछि यांैनाङ्गमा भित्री चोट पटक लागेको र त्यसले गर्दा अत्यधिक रक्तश्रावका कारण इनिशाको मृत्यु हुन पुगेको उल्लेख थियो ।
यो घटनामा इनिशाका अभिभावकले चारै जनाका बिरुद्ध सामुहिक बलात्कार गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामुहिक बलात्कारका कारण अत्यधिकरक्त श्राबका कारण उनको मृत्यु हुनु पुगेको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको थियो ।
इनिशा माथि बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका छन् । उनीहरु सबै एकै बिद्यालय उषा बालबाटिकामा अध्यनर छन् ।
यो घटना बारे चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो अनुसन्धान प्रतिबेदन सरकारी वकिल कार्यालयलाई पेश गरेको थियो ।
जस्मा इनिशा बिक माथि भएको बलात्कार र हत्या घटना सामुहिक होइन भन्ने राय पेश थियो । जस्को आयश इनिशा बिकको बलात्कार र हत्या घटनामा एक जनाको मात्रै संलग्नता रहेको प्रहरी राय पेश भएको थियो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका रुपमा घटनास्थलबाटै पक्राउ परेकासँगै अध्यनरत एक जना किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गरिएको थियो ।
अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरिएको थियो ।
इनिशामाथि भएको बलात्कार र हत्या घटनामा न्यायको माग गर्दैै देशव्यापी विरोध पर्दशन हुँदै आएको छ ।
त्यस्तै इनिशामाथि भएको बलात्कार र हत्या घटनामा न्यायको माग गर्दैै देशव्यापी विरोध पर्दशन हुँदै आएको छ ।
त्यस्तै तीन जना बालक बोलाएपछि सहयोगका लागि पुगेको भन्नै ती बालकका आफन्तले मानविय भावनाले सहयोग गर्न गएकाहरुलाई फसाउने षडेन्त्र भएको भन्दै पर्दशन गरेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता मोहजंग बुढथापाका अनुसार इनिशाको शब अझैं अझैं सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै छ।
इनिशा बिकको घटनामा सरकारको तर्फबाट जिल्ला न्यायाधीबक्ता कर्णबहादुर महत, सहायक जिल्ला न्यायाधीबक्ता आरती चपाइ र पुष्पा चालिसेले बहस गरेका थिए । त्यस्तै जाहेरीवालाको तर्फबाट अधिबक्ता गोबिन्दराम परियार, राजेन्द्र भारती, मंगलसेन सार्की, भूमीप्रशाद सापकोटा, इश्वरभक्त सुनार र प्रोबोनो कानुन ब्यबसायी यमकुमारी दलेलले बहस गरेका थिए ।
त्यस्तै कानुनको बिबादमा परेका बालकहरु परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर फ’, ‘वीरेन्द्रनगर ध’, र ‘वीरेन्द्रनगर न’,को तर्फबाट अधिबक्ता शंकर पौडेल, परिवर्तित नाम ‘वीरेन्द्रनगर प’,को तर्फबाट अनिलबहादुर शाही, ‘वीरेन्द्रनगर ध’, वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ को तर्फबाट अधिबक्ता उत्तमप्रशाद आचार्य, बिवशकुमार बस्नेत, खगेन्द्रबहादुर खनाल र नारायण योगीले बहस गरेका थिए ।
यो घटनामा इनिशाका अभिभावकले चारै जनाका बिरुद्ध सामुहिक बलात्कार गरि हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालयले पनि सोही अनुसार सामुहिक बलात्कारका कारण अत्यधिकरक्त श्राबका कारण उनको मृत्यु हुनु पुगेको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको थियो ।
इनिशा माथि बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका किशोरसहित चारै जना १८ वर्षभन्दा कम उमेरका छन् । उनीहरु सबै एकै बिद्यालय उषा बालबाटिकामा अध्यनर छन् ।
इनिशाको शब अझैं सुर्खेत कालो गाउँस्थित कर्णाली प्रादेशिक अस्पतालमै छ।