२०८३ भाद्र १२ गते शुक्रवार

मध्य राति सडकमै शरिर जलेको अवस्थामा फेला परेकी सृजना मृत्युको घटना रहस्यमय

दाङ, चैत १६ । मध्य राति सडकमै शरिर जलेको अवस्थामा फेला परेकी बाँकेकी २२ बर्षीया सृजना बुढा मगरको रहस्य मय मृत्यु घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरको सडकमा २२ वर्षीया सिर्जना बुढा मगर चैत १५ गते मध्य रातिमा मृत्यु अवस्थामा फेला परेकी थिइन ।

शनिबार राति साढे ११ बजेतिर कोरियपुरको सडकमा महिलाको शरिरमा आगो लागि रहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । शरिर जलेर गम्भीर अवस्थाकी उनलाई उद्धार गरि तत्कालै प्रहरीले भेरी अस्पताल नेपालगंजमा पुर्‍याएको थियो । उपचारका क्रममा आइतबार राति सवा १ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।


सोही दिन दिउँसो अनुसन्धानका क्रममा सृजना नेपालगंज – ८ रानीतलाउमा प्रेमी २४ बर्षीय मोहमद आरिफ ढपालीसँग बिगत दुई बर्षदेखि कोठा भाडा लिएर लिभिङ टुगेदरमा बस्दै आएको तथ्य प्रहरीले पत्ता लगाएको थियो ।


जस्को पहिलाका पति संग औपचारिक रुपमा सम्बन्ध बिच्छेद समेत भइ सकेको थिएन । उनीहरुबाट सृजनाकी ४ बर्षीया एक छोरीपनि छिन् ।


त्यो रात सृजना आफ्नो कोठा नेपालगंज – ८ भन्दा टाढा आफ्नो प्रेमी ढपालीको परिवार बस्ने घर भएको ठाउँ नेपालगंज – १२ कोरियनपुरको ब्यस्त सडक बीचमा सडकमै आगो लागेको गम्भीर अवस्थामा फेला परेकी थिइन ।


सृजनाले चैत १३ गते मात्रै ढपालीले आफूलाई कुटपिट गरि याताना दिने गरेको भन्ने प्रहरीमा खबर गरेकी थिइन । सृजनाको त्यो उजुरीको आधारमा ढपालीलाई प्रहरीले पक्राउ गरि एक दिन थुनामा राखेको थियो ।


ढपाली चैत १४ गते मात्रै छुटेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीका अनुसार फेरि झंंगडा नगर्ने तथा आपसमा मिलेर बस्ने सहमति पछि ढपालीलाई छोड्न प्रहरी राजी भएको थियो ।


ढपाली हिरासतबाट छुटेकै दिन मध्यराति सिर्जना ब्यस्त सडकमा शरिरमा आगो लागेको गम्भीर अवस्थामा फेला परेकी थिइन ।
यो घटना आत्मदहा थियो वा जघन्ने हत्या थियो ? यो रहस्य पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ ।
पोष्ट मार्टम रिपोर्ट आइ सकेपछि घटना अनुसन्धान गर्न थप सहज हुने प्रहरीको अनुमान छ ।


आइतबार नै प्रहरीले सृजनाका प्रेमी ढपाली संगै उनकी आमा र दिदीलाई पनि नियन्त्रणमा लिइ सकेको छ । प्रहरी हिरासतमा रहेका ढपालीसहित, उनकी आमा र दिदीलाई म्याद थपका लागि सोमबार प्रहरीले अदालतमा लगेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *