२०८३ भाद्र ११ गते बिहिवार

शान्ति समाजको राष्ट्रिय परिषद दाङमा हुने


दाङ,साउन ५ । मानव अधिकार तथा शान्ति समाज नेपालले आफ्नो राष्ट्रिय परिषद बैठक दाङमा गर्ने निर्णय गरेको छ । केन्द्रिय कार्यसमितिले राष्ट्रिय परीषद बैठक आगामी मंसिर २७ र २८ गते दाङमा गर्ने निर्णय गरेको हो ।

यता समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा वसेको बैठकले राष्ट्रिय परिषद बैठक दाङमा गर्ने अवसर दिएकोमा केन्द्रिय कार्यसमितिलाइ आभार प्रकट गरेको छ । बैठकले राष्ट्रिय परिषद बैठकले दाङसहित यस क्षेत्रको प्रयटन प्रबद्र्धन,शान्ति स्थापना टेवा पुग्ने अपेक्षा गरेको छ ।

राष्ट्रिय परीषद बैठक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्न जिल्लाका सरोकार वाला संगको भेटघाट र छलफललाइ अगाडी बढाउने गृहकार्य सुरु भएको सभापति रेग्मीले बताए ।

त्यस्तै बैठकले साउन १० गते तुलसीपुरको हिमाल एकाडेमीमा लागु पदार्थ दुर्वेशनी तथा सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ । १८ गते शनिवार तुलसीपुरस्थित रिपोटर्स क्लवको सभाहलमा एक दिने मानव अधिकार सम्वन्धि अभिमुखिकरण आयोजना गर्ने निर्णय गरेको छ।

त्यसको जिम्म्मा कोषाध्यक्ष अमृतकाजी शर्मा प्रदान गरिएको छ । बैठकले दाङ शाखाको साधारण सभा भदौ ७ गते शनिवार तुलसीपुरमा गर्ने निर्णय गरेको समाजको सचिव निर्मला योगीले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६ साउन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *