दाङ, चैत १४ । नेकपा एमाले नेता तथा पूर्व सांसद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन । शनिबार ललितपुर प्रहरीको टोलीले मल्ललाई सातदोबाटोबाट पक्राउ गरेको हो ।
मल्लविरुद्ध एक महिलाले फागुन ५ ष्ते किटानी जाहेरी दिएकी थिइन । फागुन ६ गते नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
त्यो जाहेरी पछि मल्ल फरार थिए । ५२ वर्षीय काठमाडौंबाटै पक्राउ परेका हुन । उनी मल्ल मुगु सोरु गाउँपालिका–१० धैनकोटका हुन ।
उनले मल्ल माथि कारबाहीको माग गर्दै माइतीघरमा आमरण अनसनरत छिन ।
पक्राउ परेका मल्ल २०६४ को संविधानसभामा एमालेबाट सभासद बनेका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र १४ गते शनिवार