दाङ, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन ।
प्रधानमन्त्रीका रुपमा शाहको शपथ १२ बजेर ३४ मिनेटमा हुने गरि तयारी गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण कार्यक्रमका लागि तयारी गरिएको छ ।
बिहीबार मात्रै उनी राश्वपाको संसदीय दलको नेता चयन भएका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार