
तुलसीपुर, चैत ९ । गुरुजजुर नुमना माध्यामिक बिद्यालयले अब आउने नयाँ शैक्षिक सत्र २०८३ देखि बिद्यालयमा अध्यापनरत शिक्षकले अनिवार्य रुपमा आफ्ना सन्तान सोही बिद्यालयमा पढाउनु पर्ने नीति अख्तियार गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरस्थित विद्यालयमा सोमबार पत्रकार सम्मेलन गरि विद्यालयकी प्रधानाध्यापक बिष्णु केसी खड्काले नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रुपमा बिद्यालयमा अध्यापनरत प्रत्येक शिक्षकले आफ्ना बालबालिका सोही बिद्यालयमा भर्ना गरि पढाउनु पर्ने नियम बनाएको बताइन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षमा आइतबार बसेको बैठकले अबदेखि बिद्यालयमा अध्यापन गर्दै आएका हरेक शिक्षकले अनिवार्य रुपमा सोही बिद्यालयमा आफ्ना बालबालिका पढाउनु पर्ने नीति पारित गरेको थियो ।
बिद्यालयका सहायक प्रअ प्रमोद न्यौंपानेका अनुसार आगामी नयाँ शैक्षिक सत्रदेखि बिद्यालयमा अध्यापनरत ८० जना शिक्षकका कम्तिमा पनि २५ जना बालबालिका बिद्यालयमै भर्ना भइ पढ्न आउने आँकलन गरिएको बताए । यो बिद्यालयमा १५ जिल्लाका झन्डै दुई हजार ६ सय बिद्यार्थी हाल अध्यनरत छन् ।
सहायक प्रअ न्यौंपानेका अनुसार यो बिद्यालय नेपाल भरका सामुदायिक विद्यालय मध्य चार सयमा छनोट भएको नमुना मावि हो । त्यस्तै बिज्ञान शंकाय तर्फपनि मुलुक भरका एक सय १३ मावि मध्य नमुना बिद्यालयमा परेको बिद्यालय हो ।
यातायातको लागि यो बिद्यालय संग आफ्नै दुई वटा बसहरु छन् ।
सहायक प्रअ न्यौंपानेका अनुसार यो बर्ष बिद्यालयले अभिभावकको माग अनुसार थप एउटा मिनी भ्यान थप्दै छ । बिद्यालयले शिशु कक्षादेखि १ कक्षासम्म अध्यनरत बिद्यार्थीलाई निशुल्क रुपमा यातायात सेवा उपलब्ध गराउँदै आएको सहायक प्रअ न्यौंपानेले बताए ।
यहाँ कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन हुँदै आएको छ । बिद्यालयले कम्प्यूटर साइन्स, होटेल म्यानेज मेन्ट, तीन बर्षे कृर्षी बाली बिज्ञान लगाएतका बिषयहरु पनि अध्यापन गर्दै आएको छ ।
उस्ले तीन बर्षे कृषी बाली बिज्ञान कोर्ष ५० हजार खर्चमा पढाउँदै आएको छ । साथै यो बिद्यालयले आउने नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ का कक्षाहरु बिहान संचालन गर्ने निर्णयपनि गरेको छ ।
बिद्यालयका प्रत्येक कक्षा कोठाहरु सिसी टिभीको निगरानीमा छन् भने अधिकाँस कक्षा कोठाहरुमा एकलाख भन्दा बढी मूल्य पर्ने इन्टेक्टिभ बोर्डहरु जडान गरिएका छन् ।
शिक्षक कक्षामा उपलब्ध नहुँदा बिद्यार्थी आँफै रुची अनुसारका बिषय यसमा अध्यन गर्न सक्छन् ।
गुरुजजुरु माविमा दृष्टिबिहीनलाई पढाउन तीन जना शिक्षक छन् । यो भन्दा पहिला पाँच प्रकारका बिद्यार्थी यो बिद्यालयमा अध्यनरत रहेपनि अब तीन किसिमका बिद्यार्थी अध्यनरत छन् ।
विद्यालयले निमुखा बालबालिका, खेल, साहित्य तथा अन्य कुनैपनि बिद्यामा प्रतिभावान बालबालिकालाई निशुल्क अध्यापन लागि सिफारिस गर्न समुदायलाई आग्रह गरेको छ ।
त्यस्तै गुरुजजुरले बार्षिक बिदाहरु कटौती गर्दै निजी बिद्यालय सरह पठन पाठन गर्ने निर्णयपनि गरेको छ ।