२०८३ बैशाख १७ गते बिहिवार

काँग्रेस सहमहामन्त्री भाइ योगेन्द्रले– राश्वपा सांसद दाजु सुरेन्द्रलाई संझाउन खोजेका नाता सम्बन्ध र राजनीतिका कुरा

तुलसीपुर , चैत २ । नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदमा सिफारिस दाजु सुरेन्द्र चौधरीलाई नाता सम्बन्ध र राजनीतिका कुरा संझाउन खोजेका छन् ।


फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य पदमा आँफु प्रत्यक्ष तर्फ पराजय भएको करिब दुई हप्ता पछि आफ्नो सामाजिक संजालमा राश्वपा बाट समानुपातिक सांसदमा सिफारिस सहोदर दाजु सुरेन्द्रको तस्बिर राख्दै भाइ योगेन्द्रले भावनात्क रुपमा लामो स्ट्याटस लेखेका छन् । जसबारे फरककोणले पनि समाचार प्रकासित गरेको थियो ।

योगेन्द्र फागुन २१ गते भएको निर्वाचनको परिनाम स्वीकार गर्दै सांसद बन्न सफल दाजुलाई शुभकामना दिनुका साथै निर्वाचनका दौडान दाजु सुरेन्द्रको भूमिका बारे कुराहरु भाइ योगेन्द्रले खोतलेका छन् ।

योगेन्द्रले दाजु सुरेन्द्रलाई भाइ हुनु आफ्नो दोष नभएको भन्दै राजनीति दाजु र भाइको नाताले गरिने बिषय बस्तु नभएको स्पष्ट पारेका छन् ।

साथै भाइ योगेन्द्रले राजनीतिक दल चुन्ने दाजुको स्वतन्त्रताको कुरा हुने उल्लेख गर्दै त्यो स्वतन्त्रताको वकालत गर्ने दल नेपाली काँग्रेसको आँफु एउटा सिपाही भएको बताएका छन् ।


त्यस्तै योगेन्द्रले दाजु सुरेन्द्रालई निर्वाचनको समयमा सहोदर भाइका बिरुद्ध आँफु उम्मेदवार रहेको भन्ने भाषण गरेर भाइरल हुन खोजेको आरोपपनि लगाएका छन् ।


योगेन्द्रले निर्वाचन दाजु र भाइको बिषय नहुने बरु त्यो बहस र एजेण्डा तथा बिचारको हुनुपथ्र्यौ भन्दै दाजुलाई संझाउन खोजेका छन् ।

योगेन्द्रले दाजु सुरेन्द्र माननीय भएकोमा बधाइ पनि दिएका छन् ।
योगेन्द्रले भनेका छन्,– ‘माननीय हुन सफल हुनु भएकोमा बधाई दिन चाहन्छु । राम्रो गर्नु होला । यो ऐतिहासिक अबसरलाई देश र देउखुरी बासीले संझिने गरि काम गर्नुहोला ।’

काँग्रेस सहमहामन्त्री योगेन्द्रले आफ्नो पार्टी नेपाली काँग्रेस आफ्नो नेतृत्व प्रति गर्व रहेको कुरापनि उल्लेख गरेका छन् ।

काँग्रेस सहमहामन्त्री चौधरीले हार वा जित संधैका निम्ति नहुने भन्दै देश बनोस भन्ने कामना पनि गरेका छन् ।

त्यस्तै उनले बिदेश गएका युवाहरु नेपाल आउने वातावरण बनोस, युवाले रोजगारी पाउन, ब्यथितिको अन्त्य होस र नयाँ हुन वा पुराना सबै भ्रष्टचारी कानुनको दायरामा ल्याउन पहल गर्न शुभकामना पनि दिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *