२०८३ असार २८ गते आइतवार

समानुपातिकमा ६ दल कस्ले कति मत पाए ?


दाङ, फागुन २७ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मत गणना सकिएको छ ।

समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको थियो । मत परिनाम अनुसार पहिलो हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २ सय ३५ प्राप्त गरेको छ ।


दोस्रो हुने नेपाली काँग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत प्राप्त गरेको छ ।
त्यस्तै तेस्रो स्थानको नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८ सय ५४ मत प्राप्त गरेको छ ।


त्यसपछि क्रमिक रुपमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७ सय ७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् ।

यी ६ दल बाहेक अन्य दलले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । त्यसैले उल्लेखित ६ दल बाहेक अन्य दलले राष्ट्रिय दलको मान्नेता पाउने छैनन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *