२०८३ भाद्र ८ गते सोमवार

शंकर पोखरेलको चुनाबी खर्च साढे १७ लाख

तुलसीपुर, फागुन २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा साढे १७ लाख रुपैयाँ खर्च भएको बताएका छन् ।


फागुन २१ म भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा दाङ – २ का उम्मेदवार पोखरेलले साढे १७ लाख बराबरको खर्च भएको उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको कार्यालयमा उनले बुझाएको खर्च विवरणमा सबै भन्दा बढी गोष्ठीका लागि साढे ४ लाख खर्च भएको उल्लेख गरेका छन् ।


महासचिव पोखरेलले सवारीसाधनका लागि साढे ३ लाख, सवारी इन्धनका लागि ३ लाख, अन्य प्रचारका लागि २ लाख, कार्यालय संचालन गर्न डेढ लाख , अन्य विविध विषयका लागि थप डेढ लाख खर्च भएको उल्लेख गरेका छन् ।


त्यस्तै प्रतिनिधि परिचालन गर्न एक लाख, मतदाता नामावली खरिद गर्न ५० हजार खर्च भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *