२०८३ बैशाख १९ गते शनिवार

दाङमा – १ मा पूर्वमन्त्री मेटमणि, पूर्वमुख्यमन्त्री कुलप्रशाद र एमाले उम्मेदवार रेबिति लगाएत १२ जनाको जमानत जफत

तुलसीपुर, फागुन २६ । फागुन २१ गते भएको निार्वचनका क्रममा दाङ – १ मा १२ जनाको जमानत जफत भएको छ ।


दाङ क्षेत्र नं. १ मा ८० हजार चार सय ४६ मत गणना भएको थियो । त्यसमध्ये सदर मत ७६ हजार तीन सय ८९ थियो । निर्वाचन क्षेत्र नं. १ मा चार हजार ५७ मत बदर भएको थियो ।
सदर मतको १० प्रतिशत अर्थात ७ हजार ६ सय ३९ मत हुन्छ । यो भन्दा कम मन ल्याउनेहरुको जमानत जफत हुने कानुनी प्राबधान छ ।

सोही अनुरुप दाङ क्षेत्र नं. १ मा १४ जना उम्मेदवरा मध्य १२ जनाको जमानत जफत भएको छ । माघ ६ गने उम्मेदवारी दर्ता महिला र दलितको हकमा ५० प्रतिसत छुट अर्थात ५ हजार र अन्य सबैले १० हजार धरौटी तिरेका थिए ।
ती मध्य दाङ क्षेत्र नं. १ मा निर्वाचित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले ४२,६९२ मत प्राप्त गरेका थिए ।


नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरी दोस्रो भए । उनले १५ हजार दुई सय ८० मत प्राप्त गरे ।
पाठक र चौधरी बाहेक बाहेक अन्य १२ जना उम्मेदवारको जमानत जफत भएको हो ।


निर्वाचनमा ६,८२५ मत प्राप्त गरेका नेकपा (एमाले)का उम्मेदवार रेवतिरमण शर्मा घिमिर, यसअघि लगातार दुई पटक दाङ – १ बाटै निर्वाचित भएका ४,९६५ मत प्राप्त गरेका नेकपाका उम्मेदवार एवमं पूर्वमन्त्री मेटमणि चौधरी, १,४७२ मत प्राप्त गरेका नेकपा (माओवादी) का प्रकाश शाही, १,३८४ मत प्राप्त गरेका स्वतन्त्र उम्मेदवार एवमं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, १,२९२ मत प्राप्त गरेका राप्रपाका विनय बिसी, १,०७७ मत प्राप्त गरेका राष्ट्रिय जनमोर्चाका गणेश आचार्य र १००८ मत प्राप्त गरेका स्वतन्त्र उम्मेदवार मनिकराम यादवको पनि जमानत जफत भएको छ ।

जनमत गुमाउने अन्यमा नेशनल रिपब्लिक नेपालका मिनबहादुर ठेडी मगर १९३ मत , मंगोल नेसनल अर्गनाइजेसनका खुमबहादुर गाहा मगर १४१ मत , जनता समाजवादी नेपालका भरतलाल चौधरी ८१ म्त , आम जनता पार्टीका सिताराम यादव ४७ मत र २१ मत मात्रै प्राप्त गरेका राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरी रहे ।

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *