२०८३ भाद्र ९ गते मङ्गलवार

विपिन आचार्यले –शंकर पोखरेललाई २८,२७२ मतान्तरले पराजित गरे

तुलसीपुर, फागुन २२ । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गरि निर्वाचित भएका छन् ।


आचार्यका निकतम प्रतिष्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५हजार २ सय ८७ मत प्राप्त गरे ।


राश्वपा सहमहामन्त्री विपिनले एमाले महासचिव शंकरलाई २८ हजार २ सय ७२ मतान्तरले पराजित गरेका हुन ।


नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गरि तृतिय भए । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मलकुमार आचार्यले ७ हजार ८३ मत प्राप्त गरे ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा ८२ हजार ६ सय २६ मत खसेको थियो । त्यसमध्य ८२ हजार ३ सय ५ मत गणना भएको थियो । २ हजार ८ सय ६५ म तबदर भएको थियो ।
दाङ – २ मा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *