दाङ, फागुन २३ । दाङको निर्वाचन क्षेत्र नं. ३ मा ४४ हजार १ सय ५२ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुबेदीले २५ हजार ११ मत प्राप्त गरेका छन् ।
सुरुदेखि नै अग्रता लिएका सुबेदीले मतान्तर बढाउँदै लगेका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार दीपक गिरीले ७ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले ५ हजार ४ सय २ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ३ हजार ५ सय २८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार