२०८३ असार २८ गते आइतवार

सल्यानमा नेकपाका रमेशकुमारले मल्ल दोब्बर मतले अघि


दाङ, फागुन २२ । सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल दोब्बर मतान्तरले अघि पुगेका छन् ।


नेकपाका मल्लले हालसम्म एक हजार चार सय १० मत प्राप्त गरेका छन् । यो तीन हजार तीन सय ४६ मत गन्दाको परिनाम हो ।


मल्लका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्दले ६ सय ८३ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका केशबहादुर बिष्टले ६ सय २७ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । नेकपा (एमाले) का गुलाबजंग शाहले चार सय १९ मतका साथ चौथो स्थानमा छन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *