२०८३ साउन ११ गते सोमवार

‘प्रचण्ड’ जित उन्मुख

दाङ, फागुन २२ । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) जित उन्मुख छन् ।


जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार रुकुम पूर्वमा कुल मतदाता ३४ हजार सात सय ७२ मतदाता रहेकोमा १९ हजार जति मतदान भएको थियो ।


पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गणना भएको सदर मत १४ हजार ३ सय ६९ मध्य हालसम्म ७ हजार ७ सय १४ मत प्राप्त गरि सकेका छन् । यसमध्य चार सय ३ मत बदर भएको निर्वाचन अधिकृत शर्माले बताए ।


निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर विरप्रताप पुनका अनुसार ७ हजार ७ सय १४ मत प्राप्त गर्दा हालसम्म नेकपा (एमाले)का लिलामणि गौतमले २ हजार ८ सय ९१ , नेपाली काँग्रेसकी कुसुमदेवी थापाले २ हजार २ सय ७७ , राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का लखनकुमार थापा ६८६ मत प्राप्त गरेका छन् ।


प्रचण्डले प्राप्त मत परिनाम अनुसार प्रचण्डको जित सुनिश्चित जस्तै भइ सकेको छ ।
यतिखेर पुथाउत्तरगंगा गाउँपालिकाको अन्तिम चरणको मतगणना भइ रहेको छ । अबको केही बेरमै नतिजा सार्वजनिक हुने छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *