
तुलसीपुर, फागुन २१ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० का किरियापुत्री शम्भु रेग्मीले मतदान गरेका छन् ।
दाङको क्षेत्र नं. ३ अन्तरगतको तुलसीपुर उपमहानगरपालिका –१० गौरीगाउँस्थित वडा कार्यालयको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन ।
शम्भुका पिता गणेश रेग्मीको ७ दिन अघि निधन भएको थियो । बुवाको निधन पछि किरिया बस्दै आएका शम्भु मतदानका लागि पढ्ढा गाउँबाट पैदल हिडेर गौरीगाउँ पुगेका थिए ।
पढ्दा बाट मतदान स्थलसम्म हिडेर जान २० मिनेट जति लागेको शम्भुले बताए ।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार