नेपालगञ्ज, फागुन १३ । नेपाली काँग्रेसका सभापति गगन थापा नेपालगञ्ज आउने भएका छन ।
काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार–प्रसार समितिको आयोजनामा हुन लागेको जिल्ला स्तरिय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका हुन ।
बिहीबार दिउँसो १ बजे जानकी गाउँपलिका–३ स्थित खाली जमिनमा भेला आयोजना गरिएको छ ।
सभापति थापाले त्यस भन्दा पहिले सुर्खेत वीरेन्द्रनगरको त्यस्तै चुनाबी आमसभा सम्बोधन गर्नेछन ।
भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्नेछन ।
सभापति थापाको सम्बोधन सुन्न सम्पूर्ण काँग्रेसी जन र आममतदातालाई सार्वजनिक आह्वान गरिएको काँग्रेस बाँके निर्वाचन परिचालन मूल समितिका संयोजक एवं कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायणप्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।