२०८२ फाल्गुन १० गते आइतवार

अहिलेको अप्ठेरो बाट मुलुकलाई निकास दिन रुखमा भोट हाल्नुहोस – दीपक गिरी

तुलसीपुर, फागुन १० । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले देशको विकास र निकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ७ राजापुुरमा बिहान मतदातालाई सम्बोधन गर्दै उम्मेदवार गिरीले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसलाई मतदान गरि विजय बनाए मात्रै मुलुकले निकास पाउने बताएका हुन ।

उम्मेदवार गिरीले देश अहिले गम्भीर अवस्थमा पुगेको भन्दै लोकतन्त्र र संविधानको रक्षाका साथै देशको विकासका लागि काँग्रेसलाई भोट दिन आग्रह गरेका थिए ।

‘यस क्षेत्रको विकास निर्माणमा काँग्रेसले पहिले पनि पहल गरेको हो र अव पनि गर्ने छ,’ उनले भने ‘ फागुन २१ गतेको निर्वाचनमा काँग्रेसलाई विजय बनाउनुहोस त्यसपछि तपाँइले भनेका काम गर्न हामी खट्ने छौं ।’

स्थानीय मतदाताले पनि उम्मेदवार गिरी संग आफ्ना ठाउँका लागि आवश्यक बिकास निर्माणका योजना टिपाएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *