
दाङ, फागुन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का सभापति रबि लामिछानेले थारु जातिको सभ्याताको रक्षा अब राश्वपाले गर्ने बताएका छन् ।
दाङको घोराहीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरिय चुनावी सभालाई सम्बोधनको सूरुवात मै एकाध थारु शब्द बाट गर्दै सभापति लामिछानेले थारु अधिकारका लागि लड्ने बताएका हुन ।
‘थारु जाति होइन सभ्यता हो सभ्यताको रक्षा कसरी गर्नु पर्छ,’ उनले भने ‘ जस्को सुरुवात दाङमा देखिन्छ । बर्षौंको सभ्यताको संरक्षण कसरी गर्नु पर्छ त्यसको ठेक्कापनि कसैले लिनुपर्दैन राश्वपालाई थाहाँ छ ।’
उनले आँफु जनताको भावनालाई छेक्ने नेता बन्न नचाहेको भन्दै राश्वपाका नेताले जनताको भावना बिपरित बाटो छेक्न वा जनताको उर्लिदो चाहानालाई छेक्न नहुने बताए ।
‘जनताको भावनालाई पोख्न दिनुपर्छ,’ उनले भने ‘ जनताले लोकतन्त्रको रक्षा गर्छन, त्यसकारणले देशले एक पटक क्रान्ति गर्छ कसैले पिकनिक राखेर केही हुन्न । कसैले बाटो छेकेर केही हुन्न।’
आँफुहरुको कार्यक्रम भएको दिन कतिपय दलले जनता रोक्न पिकनिक र फोकटमा खान बोलाएको दोषारोपन गरेका थिए ।
यसअघि पकटक बिभिन्न दललाई मतदान गरि चुनेर मौका दिएपनि काम नभएको भन्दै उनले अब आफ्नै हातले आफ्नो भविश्य बनाउने समय आएको बताए ।
‘यसपटक फेर्नु पर्ने छ जनप्रतिनिधि फेर्ने होइन हाम्रो भाग्य भविश्य फेर्नु पर्ने छ आफ्नै हातले कसैको हातले होइन ,’ लामिछानेले भने ‘ म जोर जबरजस्ति गर्न आएको होइन । म त्यो पार्टीको मान्छे होइन जस्ले अर्कौ पार्टीको होइन जस्ले अर्कौ पार्टीको कार्यक्रम हुँदा पिकनिक राख्छ फोकटमा खाना खान डाक्छ मान्छेलाई नजाउ भन्छ बाटो छेक्छ म त्यस्तो मान्छे होइन ।’
सभापति लामिछानेले नाम नै उल्ेलख नगरी आँफुलाई संसदबाट निकाल्ने योजनाकारहरु दाङमै रहेको तथा अहिले पनि ती ब्यक्ति उम्मेदवार नै रहेको बताएका थिए ।
‘चितवनका जनताले दोस्रो पटक सबै भन्दा बढी मत दिएर पठाएको मलाई छलछाम गरि बिचौलिया संग मध्यरातमा हस्ताक्षर गरेर सुशासन कायम गर्दै गरेको भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई संसदबाट छलछाम गरेर दुई घन्टामा सूचना टाँस गरेर निकाल्ने कलाकारहरु यँही छन् नि संसदबाट निकाल्नेहरु,’ उनले भने ‘ उठेका होलान यसपटक पनि । तीनले सुन्ने गरि भन्न चाहान्छु । संसदबाट निकाल्यौं जनताको मनबाट निकालेर देखाउ ।’
त्यतिखेर आँफुले धेरै गर्न नपाएको भन्दै चाहेका कुराहरु अब निर्वाचित भएपछि गरेर देखाउने उनले बताएका थिए ।
त्यसक्रममा सभापति लामिछानेले भातृ संगठन रहित र पेशागत संगठन रहित पार्टी आँफुहरुले बनाउने कुरा पार्टीको बाचा पत्रमै उल्लेख गरेको बताए ।
३५ बर्षसम्म पुराना पार्टीले संगठन बनाएपनि शिक्षक अधिकार माग्न काठमाडौं जानु परेको र किसानले बाटोमा उत्पादित बस्तु फाल्नु परेको हुँदा त्यस्ता संगठन नचाहिने उनको कथन थियो ।
