देउखुरी, फागुन ८ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीले मुलुकको निकास र बिकासका लागि निर्धक्क भएर रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
शुक्रबारको घरदैलो तथा चुनावी प्रचार प्रशारका क्रममा पार्टी सहमहामन्त्रीसमेत रहेका चौधरीले फागुन २१ गतेको निर्वाचन पछि काँग्रेस मुलुक बदल्ने महत्वपूर्ण अवसरमा जुट्ने भन्दै निधक्क भएर रुख चिन्हमा मतदान गर्न आग्रह गरेका हुन ।
उम्मेदवार चौधरीले मतदातालाई कुनै किसिमको भ्रम र दबाबमा नपरी विवेकपूर्ण तरिकाले रुख चुनाब चिन्हमा मतदान गर्न भनेका थिए ।
आँफुले बिभिन्न स्थानका मतदाता सँग प्रत्यक्ष संवादमार्फत विकास, सुशासन र समृद्धिको एजेण्डा अघि सारेको भन्दै काँग्रेसका उम्मेदवार निर्वाचित भए सडक, शिक्षा, स्वास्थ्य, कृषी र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अघि बढ्ने उम्मेदवार चौधरीले प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘जनताको मत नै परिवर्तनको बलियो आधार हो,’ चौधरीले भने ‘ मुलुकलाई बिद्यमान बिषम परिस्थितिबाट निकास दिन र लोकतान्त्रिक मूल्य मान्यता सुदृढ गर्न कांग्रेसको पक्षमा मतदान गर्न नभूल्नु होला ।’
चौधरीले निर्वाचनलाई उत्सवका रूपमा मनाउँदै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सहभागी हुन मतदातालाई आग्रह गरे ।