२०८२ फाल्गुन ८ गते शुक्रवार

दीपक गिरी विकास र समृद्धिका लागि समर्पित नेता



तुलसीपुर, फागुन ८ । नेपाली कांग्रेस बाट दाङको क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरी सबै भन्दा लोकप्रिय नेता हुन । २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गिरी फागुन २१ गते हुने निर्वाचनका लागि एक सशक्त उम्मेदवारका उम्मेदवारका रुपमा रुख चुनाव बोकेर मैदानमा खडा छन् ।


काँग्रेस नेता गिरीको बर्षौ लामो संघर्ष र राजनीति छबि छ । राजनीतिक रुपमा गरेको संघर्षलाई नियाल्ने हो भने दाङ क्षेत्र नम्बर ३ मा दीपक गिरी जत्तिको टाउरिङ पर्सन अरु कोही खडा छैनन् ।


काँग्रेस उम्मेदवार दीपकको पश्चिम दाङको बिकास र संबृद्धिको लागि बिषेश योगदान छ ।
‘विकास प्रेमी’ नेताको छवि बनाएका दीपकलाई काँग्रेस जनहरु पश्चिम दाङको बिकासको ‘दीपक’ नै ठान्ने गर्छन ।

२०१८ सालमा जन्मिएका दीपकले २०३४ सालमा नेपाली कांग्रेसको सदस्यता लिएदेखि अनवरत संघर्षरत छन् । प्रजातन्त्रको पक्षमा वकालत गरेकै कारण उनी १२ बर्षको कलिलो उमेरमै हिरासतमा परेका थिए ।


जो २०६२/ ०६३ को दोस्रो जनआन्दोलनमा काठमाडौं गोंगबु क्षेत्रको कमाण्डरको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०४६ सालको जनआन्दोलनमा पनि उनी प्रजातन्त्रको पक्षमा सशक्त रुपमा उभिएका थिए ।


२०७० मा संविधानसभा सदस्य निर्वाचित भएपनि उनी पहिलो पटक २०७३ मा सिंचाई मन्त्री भएका थिए । ९ महिनाको छोटो कार्याकलमै दीपकले दाङमा बृहत सिंचाई आयोजना, सडक सुधार, जलस्रोत संरक्षण र विद्युतीकरण जस्ता महत्वपूर्ण विकासका कामहरु गरेका थिए ।

उच्च अदालत तुलसीपुर, प्रदेश प्रहरी कार्यालय तुलसीपुर जस्ता सरकारी संरचना ल्याउन उनैले भूमिका खेले । पछिल्लो समय अस्त ब्यस्त तुलसीपुर – घोराही चार लेन सडक निर्माणको काम अघि बढाउन नेकपा एमालेका महासचिव शंकर पोखरेल संग मिलेर काम गरे ।


यो बीचमा दीपकले संसदमा टरिगाउँ एयरपोर्टको बिस्तारका बारेमा थुप्रै आवाजहरु उठाएका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आँफुलाई झुक्याएको हुँदा एयरपोर्ट बिस्तारको योजना भने सफल हुन नसकेको तथ्य भने उनी सार्वजनिक समारोहहरुमा भन्दै आएका छन् ।

एक ब्यक्तिका रुपमा उनका कमिकमजोरीहरु हुन सक्छन् तर दीपक ती नेता हुन जस्ले बिगतमा राप्ती बबई क्याम्पस स्थापना गरेर पश्चिम दाङमा शिक्षाको उज्यालो प्रकाश छर्न अहम भूमिका निर्वाह गरेका थिए ।


किसानका खेत बारी जोगाउन बबई नदीका साथै खहरे खोलाहरूको तटबन्ध निर्माणमा अहम भूमिका खेल्ने नेतापनि दीपक नै हुन । यो बीचमा उनकै पहलमा बिभिन्न सडक निर्माणका साथै पुल पुलेसा निर्माण र किसानका खेतबारीमा पानी डोर्‍याउने पक्की नहरहरु निर्माण भएका छन् ।


विभिन्न धार्मिक तथा सामाजिक संरचनाको संरक्षण र विकासमा उनको महत्वपूर्ण भूमिका छ । दीपक आँफु फेरि निर्वाचित भए त्यो अभिमतको बलले सच्चा मनले दाङको पूर्वाधार र सामाजिक विकासमा खटिने वाचा गर्दै आएका छन् ।

दीपकको बिगत

२०३० सालमा स्कुले जीवनमा पञ्चायत विरुद्ध आवाज उठाउँदा ३ महिना हिरासत परे ।


२०३४ सालमा कांग्रेसको सक्रिय सदस्यता लिए । २०३४ सालमै दाङ क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति बने ।
२०३७ मा अञ्चलाधिशको ठाडो आदेशमा ५७ दिन थुनामा परे ।


२०४६ को जनआन्दोलनमा महत्वपूर्ण योगदान गरे । २०४६ देखि निरन्तर कांग्रेसको महाधिवेशन प्रतिनिधि रहे ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनमा काठमाडौं गोंगबु क्षेत्रको कमाण्डर रहे ।


२०७० मा संविधान सभा सदस्य निर्वाचित ।
२०७३ मा सिंचाई मन्त्री ।
त्यतिखेरै भएको थियो – बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरुवात ।


२०७९ मा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
२०५१ साल र २०७४ सालमा भने पराजित ।

सचिवालयका अनुसार दीपक गिरीले गरेका केही महत्वपूर्ण काम यी हुन –
१ –राप्ती बबई क्याम्पस स्थापनाका लागि पहल ।
२– उच्च अदालत स्थापना गर्न पहल ।
३– लुम्बिनी प्रदेशको निर्वाचन कार्यालय स्थापनामा पहल ।
४– लुम्बिनी प्रहरी प्रदेश कार्यालय स्थापनामा पहल ।
५– तुलसीपुरमा मालपोत कार्यालय स्थापनार्थ पहल ।
६– राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान घोराहीको लागि पहल ।
७। बृहत दाङ सिंचाई आयोजना तुलसीपुरमा ल्याउन पहल ।
८– दामोदर सडक/सुकौरा–चरकमटिया सडकको स्तरउन्तिमा पहल ।
९–तुलसीपुर–सुर्खेत सडक कालोपत्रे पहल ।
१० – दोघरे प्रतापकोट मखनटाकुरी सडकका लागि पहल ।
११– अश्वारा–बटोलपुर सडक निर्माणमा पहल ।
१२– कृष्ण मन्दिर थर्कुडाँडा सडक निर्माणमा पहल ।
१३– बबई नदी, राप्ती नदी, गहते खोला, पातु खोला लगायत विभिन्न खोलामा तटबन्ध निर्माणमा पहल ।
१४ – अमृतपुर खानेपानीमा बजेट ब्यबस्थापन ।
१५– दामोदर सडकमा पातुखोला, मायाखोला, चिरेगार खोलामा मोटर पुल निर्माणका लागि पहल ।
१६– बबई नदीमा साबिक हेकुली र साबिक गोल्टाकुरी गाविस जोड्ने मोटर पुल निर्माणका लागि पहल ।
१७– बबई नदीमा मठ्यौरा र ढोलपुर जोड्ने मोटर पुल निर्माणका लागि पहल ।
१८– बबई गाउँपालिकामा रिङ रोड निर्माणका लागि पहल ।
१९– विभिन्न ठाउँमा स्कूल, मन्दिर, पार्क, थारू भँयार थान, छहरा, जलासय निर्माण/संरक्षणमा पहल ।
२०– पश्चिम दाङमा विद्युतीकरण, विद्युत विस्तारमा पहल ।
२१ – दाङमा सिंचाईको विकास डीप बोरिङ, पक्की सिंचाई कुलो, नदी तटबन्ध निर्माणमा पहल ।
२२– गुम्बा, मठ मन्दिर संरक्षण/निर्माणमा पहल ।
२३– तुलसीपुर–घोराही चारलेन सडक निर्माण प्रक्रिया अघि बढाउन नेतृत्वदायी भूमिका निर्माण गरेको ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *