२०८३ भाद्र ९ गते मङ्गलवार

डिजिटल माध्यमबाट पनि गुनासा संकलन गर्दै पाण्डे


तुलसीपुर , माघ १७ । नेकपा (एमाले) का दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम पाण्डेले जनताका सुझाव संकलनका लागि डिजिटल प्लेटफर्मलाई प्रयोग गर्न थालेका छन् ।

चुनावी तयारीका लागि स्थानीय जनतालाई भेट्दै हिडेका पाण्डेले डिजिटल माध्यमबाट पनि सुझाव संकलन कार्यलाई अगाडि बढाएको उनको सचिवालयले जानकारी दिएको छ ।


‘हामी सकेसम्म सबै जनताका माझमा जाने प्रयासमा छौ तर पनि कतिपय व्यक्ति टाढा हुनुहुन्छ कतिपय विदेशमा हुनुहुन्छ त्यस्ता व्यक्तिहरुका सुझावलाई पनि समेट्नका लागि हामीले
डिजिटल प्लेटफर्मको प्रयोग गरेका हौं,’ पाण्डेले भने ।

बन्द कोठामा बसेर जनताका बास्तविक कुराहरुको जानकारी नहुने भएकाले जनताका माझबाट सुझाव संकलन गर्न थालिएको पाण्डेले बताए ।


पश्चिम दाङ्गको विकासमा सबैको सहकार्य हुनुपर्ने भन्दै पाण्डेले थोरै समय दिएर सुझाव प्रदान गर्न आग्रहपनि गरेका छन् । उनका अनुसार संकल्प पत्रका लागि क्युआर स्क्यान गरेर सुझाब दिन सकिने छ ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *